IME Life
Beema Board

नेप्से परिसूचक २३ अंकले घट्दा १७४ कम्पनीको शेयर मुल्यमा गिरावट

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहलिो दिन शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले घटेर १,८१५ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १२ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी बैंकको शेयर कारोबार भएको छ । बैंकको २६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य १९३ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको १ सय ८७ रुपैयाँ रहेको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नविल इक्यिवटी फण्डका इकाईधनीले २ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंकका लगानीकर्ताले २ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS