IME Life
Beema Board

दुई किनाराका अर्थमन्त्री र गभर्नर विच एउटै सोफामा कानेखुसी !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुनै समय पानी वारावारको अवस्थामा पुगेका अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ ‍औ वार्षिकोत्सवको अवसरमा करिव तीन मिनेट टाउकै जोडेर कानेखुसी गरेको देखियो ।

अर्थमन्त्री सिसिटी फुटेज काण्ड र अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदश्य काण्डका कारण दुबैले आ-आफ्नो अहमतलाई त्यागेर एकैठाउँमा उभिएका हुन् । केहि समय अगाडी आर्थिक पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा दुबैले एक अर्कालाई सपोर्टहुने गरेर अभिव्यक्ति दिएका थिए ।

Prabhu
Crest

आज कर्जा सुरक्षणको कार्यक्रममा पनि अर्थमन्त्री शर्माले अधिकरीलाई कर्जाका विषयमा निर्देशन दिएका थिए । कार्यक्रम सुरु हुनु भन्दा अगाडी छुट्टा छुट्टै सोफामा रहेका दुई जना एउटै सोफामा बसेर करिव तीन मिनेट कुराकानी गरेको देखिएको थियो । कानेखुसी पछि उनिहरु पुनः छुट्टा छुट्टै सोफामा बसेका थिए ।

उनै शर्माले अधिकारीलाई हटाउ धेरै हदसम्म पुगेका थिए । कयौ पटक अधिकारी विदामा पनि बसे । अहिले भने दुबैको मिल्ति भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS