IME Life

आइएमई जनरल इन्स्योरेन्सले आधारभूत बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुका लागि असोज ५ गतेदेखि ७ गतेसम्म तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिम भने कम्पनीको प्रधान कार्यालय नारायणचौरमा हुने कम्पनीले जनाएको छ ।

ईच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी (न्युनतम एसएलसी) हाल खिचिएको पासपोर्ट साइजको फोटो, स्थायी लेखा नम्बर, सहित तालिम शुल्क १ हजार रुपैयाँ उपलब्ध गरानुपर्नेछ । संस्थागत बीमा अभिकर्ता लिन चाहने सम्बन्धित संस्थाको निवेदन संचालकको फोटो र हस्ताक्षर सहित तालिममा सहभागी संचालकको नियुक्ति र पदावधि मिति खुल्ने संस्थाको आधिकारिक पत्र सामेल गर्नुपर्ने हुन्छ । साथै सहभागी संचालकको नागरिकता र शैक्षिक योग्यता न्यूनतम एसएलसी उत्तिर्ण भएको प्रमाण् पत्र लगायतका कागजात पेश गरि तालिम शुल्क १ हजार रुपैयाँ तिर्नेपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकलाई असोज ४ गतेभित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । साथै तालिममा ५० जनासम्मको सिट भएकोले पहिले प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS