IME Life
Beema Board

परियोजना बैंक निर्देशिका सार्वजनिक, डिजिटल माध्यमबाट एकद्धार सेवाको शुभारम्भ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट सार्वजनिक गरिएको छ ।

लगानी बोर्डद्वारा आयोजित Sustainable Infrastructure Investment Forum (SIIF, 2022) समुद्घाटनका क्रममा प्रधानमन्त्रीले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको One Stop Service (OSS) Digital System को पनि शुभारम्भ गरेका हुन् । उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।

Prabhu
Crest

उद्घाटन सत्रका अवसरमा, प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘Establishing a Fertilizer Plant in Nepal’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

SIIF 2022 समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।

लगानी बोर्डको कार्यालयको लगानी प्रवर्द्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना showcasing, लगानी सम्मेलन आयोजना गर्दै आएको छ । SIIF 2022 मा उद्घाटन समारोह पश्चात् समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS