IME Life

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा, भुक्तानी गर्न कठिन हुने !

SPIL
NIC ASIA

काठमाडौं । सरकारले धेरै लामो समयदेखि प्रतिवद्धता जनाउदै आएको कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले बीमा समितिलाई एक अर्ब रुपैयाँ निकासा भएको जानकारी दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

गत साता बसेको मन्त्रिपरिषदको बैठकले एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बीमा समितिलाई हरेक बैठकमा रकम निकासा गर्ने प्रतिवद्धता मात्रै दिदै आएको थियो । तर यस पटक भने एक अर्ब निकासा गर्ने निर्णय गरेको हो । रकम बीमा समितिको खातामा आइसकेको छैन तर निर्णय भइसकेकोले रकम खातामा भने आउनेछ ।

Prabhu
Crest

कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी गरिसकेका छन् । १२ अर्ब भन्दा बढी दावी भुक्तानी बाँकी रहेको कम्पनीले जनाउदै आएका छन् । कोरोन बीमा मापदण्ड अनुसार साढे तीन अर्ब भन्दा माथिको दायित्व सरकारले बेहोर्नुपर्ने रहेको छ । तर सरकारले यतिका समय वितिसक्दा पनि उक्त रकम भुक्तानी गर्न आनाकानी गर्दै आइरहेको छ । सरकारले एक अर्ब रुपैयाँ मात्रै निकासा गरेकाले यो भोलिका दिनमा दाबी भुक्तानीका क्रममा सबैभन्दा धेरै विवादित बन्ने पक्का छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS