IME Life

कूल जनसंख्याको ४१% बीमाको दायरामा, ११ हजार ८३० जनाले पाए रोजगारी

SPIL
NIC ASIA

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमाको दायरामा समेटिएको जनसंख्याको प्रतिशत उल्लेख्य रुपमा बृद्धि भएको छ । बीमा समितिले उपलब्ध गरेको तथ्याङक अनुसार बीमाको दायरा ४१ प्रतिशतमा पुगेको देखिएको छ । समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९ को साउन महिनासम्ममा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख सहित कूल जनसंख्याको ४१ दशमलव १५ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन् ।

बीमा क्षेत्रको २०७९ साउन मसान्तसम्मको तथ्यांक अनुसार बीमाको दायरामा समेटिएको जनसंख्या आर्थिक वर्ष २०७८ साउन मसान्तसम्मको तुलनामा बीमाको दायरामा थप १३ दशमलव ६४ प्रतिशत जनसंख्या समेटिएका छन् । कूल जारी बीमालेख संख्याको आधारमा समेटिएको प्रतिशत गणना गरिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमाको दायरा २७ दशमलव ५१ प्रतिशत मात्र सिमित थियो ।

Prabhu
Crest

बीमा समितिका अनुसार (म्यादि, लघु म्यादि र बैदेशिक रोजगार) जीवन बीमालेख सहित पाँच प्रतिशत घटाएर लिएको बीमालेख संख्या १ करोड २४ लाख ७८ हजार ९ सय ५० रहेको छ । बीमाको दायरामा समेटिएको जनसंख्या प्रतिशत गणना गर्दा कूल जनसंख्या ३ करोड ३ लाख २२ हजार मानिएको छ । वैदेशिक रोजगार बीमालेखको संख्या हटाउँदा बीमाको दायरामा समेटिएको जनसंख्या १६ दशमलव ६८ प्रतिशत रहेको बीमा समितिले जारी गरेको तथ्यांकमा उल्लेख छ ।समितिको तथ्याङक अनुसार २०७९ साउन मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या १ करोड ६० लाख ८९ हजार ४८६ वटा रहेको छ । गत आर्थिक वर्ष २०७८ को साउन मसान्तसम्ममा यस्तो बीमालेख ८५ लाख ८७ हजार ४४ वटा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा क्षेत्रको समग्र बीमालेख ५२ प्रतिशतले बृद्धि भएको छ ।

यता, २०७९ साउन मसान्तसम्ममा कुल निर्जीवन बीमालेख संख्या २ लाख २१ हजार ६४२ वटा रहेको छ । गत आर्थिक वर्ष २०७८ को साउन मसान्तसम्ममा यस्तो बीमालेख २ लाख ४१ हजार ८३७ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा क्षेत्रको बीमालेख संख्या ८ दशमलव ३५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९ साउन मसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या ९ दशमलव ७८ प्रतिशतले बृद्धि भएको छ भने बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संख्या ८ दशमलव ८८ प्रतिशतले बृद्धि भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS