IME Life
Beema Board

नेपालको औषत बीमा घनत्व ४६ अमेरिकी डलर, अन्य छिमेकी मुलुकको कति?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा बीमाको औसत घनत्व करिब औसत घनत्व ५ हजार ८ सय ६५ रुपैयाँ ९१ पैसा रहेको छ । यो रकमलाई अन्तर्राष्ट्रियरुपमा तुलना गर्नको लागी अमेरिकी डलरमा सहटी गर्दा ४५.९२ अमेरिकी डलर हुन आउँछ । दक्षिण एशियाली मुलुकमध्ये बलियो अर्थतन्त्र रहेको भारतमा बीमा घनत्व सन् २०२० मा ७८ डलर रहेको थियो । त्यसैगरी अर्को छिमेकी मुलुक बंगलादेशमा सन् २०१९ को बीमा घनत्व जम्मा १० अमेरिकी डलर रहेको थियो ।

बीमा नियामक बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ जीवन बीमाको घनत्व ४ हजार ५ सय ७३ रुपैयाँ ७१ पैसा रहेको छ । अन्तर्राष्ट्रिय बीमा घनत्वसँग तुलना गर्नको लागी अमेरिकी डलरमा गणना गर्दा जीवन बीमा घनत्वको रकम ३५.८० अमेरिकी डलर हुन आउँछ । छिमेकी मुलुक भारतमा सन् २०२१ २२ मा गरिएको आर्थिक सर्वेक्षणको नतिजाले सन् २०२० मा भारतमा जीवन बीमा घनत्व ५९ अमेरिकी डलर रहेको थियो ।

Prabhu
Crest

कूल बीमाशुल्कलाई कूल जनसंख्याले विभाजन गर्दा आउने अंक नै बीमा घनत्व हो । उदाहरणको लागी ३ करोड जनसंख्या भएको कुनै मुलुकको एक वर्षभरको कूल बीमाशुल्क आम्दानी ३० अर्ब रुपैयाँ छ । यो अवस्थामा बीमा घनत्व १ हजार रुपैयाँ हुन आउँछ । बीमा घनत्वले कुनै मुलुकमा औसतमा प्रति व्यक्ति बीमावापत कति रुपैयाँ बीमाशुल्क आर्जन हुन्छ भन्ने दर्शाउँछ ।

बीमा समितिका अनुसार आ।व। २०७८/७९ मा निर्जीवन बीमाको घनत्व १ हजार २ सय ९२ रुपैयाँ २१ पैसा रहेको छ । अमेरिकी डलरमा यो रकम १०।११ डलर हुन आउँछ । सन् २०२० मा,भारतमा निर्जीवन बीमाको लागी घनत्व १९ अमेरिकी डलर थियो । विश्वव्यापी रूपमा, २०२० मा जीवन बीमाको लागि ३६० अमेरिकी डलर र निर्जीवन बीमाको लागि ४४९ अमेरिकी डलर बीमा घनत्व थियो। एसियाली मुलुकहरुमा बीमा घनत्वको तथ्याङ्क धेरै उच्च छ । उदाहरणको लागी चीन ४३०, जापान ३६२१, सिंगापुर ४८७२ र दक्षिण कोरिया ३३६६ अमेरिकी डलर बीमा घनत्व रहेको छ।

बीमा समितिका अनुसार कूल गार्हस्थ उत्पादनमा कूल बीमाशुल्कको अनुपात ४.३३ रहेको छ । सन् २०२० को तथ्यांक अनुसार यस्तो अनुपात भारतमा १ प्रतिशत र बंगलादेशमा शुन्य दशमलव ४ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS