IME Life
Beema Board

बीमा समितिको प्रसौनी गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न,  कृषि बीमामा अनुदान दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तर्क्रिया कार्यक्रम बारा जिल्लाको प्रसौनी गाउँपालिकासँग रामजानकी धर्मशालामा सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व समितिको विरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल रहेका थिए । त्यस्तै अतिथिका रुपमा गाउँपालिकाका उपाध्यक्ष किरण देवी र प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी थिए । उक्त कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य समितिका सहायक निर्देशक कालिकान्त झाले गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र निर्वाचित सदस्यहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा १०० भन्दा बढिको सहभागिता रहेको थियो । बीमा र बीमा समितिको बारेमा बीमा समितिका विरगञ्ज कार्यालयका प्रमुख शर्माले प्रस्तुति दिएकी थिइन् ।

साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बीमकको प्रतिनिधिको तर्फबाट प्रकाश कुमार सिंहले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट सुरेश कुमार गुप्ताले आफ्नो भनाई राखेका थिए । गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृतलले यस क्षेत्रका मानिस र सम्पत्तीहरुको बीमाका लागि पालिकाले सधै साथ सहयोग आवश्यक बजेटको पनि व्यवस्था गरिदिने र यस क्षेत्रमा कृषि तथा पशुपन्छीहरुको बीमा शूल्कमा प्रिमियम अनुदान दिएर अगाडि बढ्न सक्ने धारणा राखेका थिए ।

साथै उक्त कार्यक्रममा पालिकाका अध्यक्षले वडा स्तरसम्म मै जागरुक हुने गरि यस्तो कार्यक्रम गरेर बढि भन्दा बीमाको सचेतना फैलाई बीमा हाम्रै लागि रहेछ भन्ने कुराका जानाकारी गराउनुपर्ने धारणा राखेका थिए । उनले चुनावको बेलामा यस क्षेत्रमा कृषि बीमा गर्ने किसानहरुलाई अनुदान दिएर बीमा गराउने भन्ने घोषणा गरेका छन् । सोहि घोषणालाई आगामी दिनमा पुरा गर्ने कुरा राखेका थिए । साथै उनले आफ्रनो पालिका भित्र रहेको कच्चि घरहरुलाई समेत बीमा गराएर मानिसहरुलाई सुरक्षित रहने वातावरण सृजना गराउने कुरा राख्नेका थिए । उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म पुग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको समापन समितिका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS