IME Life

भदौ सकिनै लाग्दा एउटै निर्जीवन बीमा कम्पनीले लिएनन् वित्तीय विवरणको सैद्धान्तिक स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको दुई महिना भित्रमा बीमा समितिबाट वित्तीय विवरणको सैद्धान्तिक स्वीकृति लिनु पर्ने हुन्छ । तर अहिलेसम्म एउटा पनि निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय विवरणको सैद्धान्तिक स्वीकृति लिएका छैनन् । यस्तो स्वीकृति लिए पछि कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन गर्न पाउछन् । तर यस्तो मूल्याङ्कन जीवन बीमा कम्पनीहरुले जस्तो बीमा समितिबाट पुनः स्वीकृति लिइरहनु पर्दैन । कम्पनीहरु आफैले मूल्याङ्कनका आधामा वित्तीय विवरण तयार पार्न सक्छन् ।

बीमा कम्पनीले आर्थिक वर्ष समाप्त भएको चार महिना भित्र बीमाङ्कीय मूल्याङ्कन तयार पार्नु पर्छ । यस्तो कामका लागि कुनै पनि निर्जीवन बीमा कम्पनीहरु सक्रिय देखिदैनन् । तोकिएको चार महिना भित्रमा बीमाङ्कीय मूल्याङ्कन तयार पार्न कम्पनीहरुले अहिलेसम्ममा सैद्धान्तिक स्वीकृति लिइसक्नु पर्छ । जीवन बीमा कम्पनीहरुको हकमा भने आर्थिक वर्ष सकिएको ५ महिना भित्रमा एक्चुरियल मूल्याङ्कन प्रतिवेदन पेश गरिसक्नु पर्छ ।

Prabhu
Crest

हालसम्म लगभग सबै निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन तयार पारिसकेका छन् भने धेरैले साधारणसभा नै सम्पन्न गरिसकेका छन् । बीमा समितिले समयमा साधारणसभा सम्पन्न गर्न कम्पनीहरुलाई निर्देशन दिदै गर्दा अहिलेदेखिनै ताकेता गर्नु पर्ने हुन्छ । यदि सुरुकै समयदेखि अनुगमन गर्ने हो भने बीमा कम्पनीहरुले पनि कम्पनी ऐन अनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गर्न सक्ने अवस्था बन्थ्यो ।

निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०६५ अनुसार कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको चार महिना भित्रमा बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन तयार पार्नु पर्छ । यसरी चार महिना भित्रमा बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन तयार हुँदा बाँकी दुई महिनामा सजिलै साधारणमा गर्न सक्ने अवस्था रहन्छ ।

तर बीमा कम्पनीहरु समय अवधिभित्र काम नै सुरु गर्दैनन् । जव तोकिएको सिमा घर्किन थाल्छ अनि बल्ल आवस्यक प्रकृया सुरु गर्छन् । यहि कारणले गर्दा बीमा कम्पनीहरुको साधारणसभा समयमा हुँदैन । समय घर्किदै गए पछि विभिन्न बहानामा साधारणसभा हुन सकेन भन्दै जवाफ दिन्छन् ।

बीमा समितले अघिल्लो आर्थिक वर्षको साधारणसभा समयमा सम्पन्न नगर्ने बीमा कम्पनीहरुलाई कारबाही नै गरेको थियो । सिमितिको गत वर्षको कदम यस वर्ष पनि दोहोर्यो भने कारबाहीमा गर्ने निश्चित छ । कारबाहीमा पर्नु भनेको कम्पनीको इज्जत पनि गुम्नु हो । तसर्थ यदि समयमा साधारणसभा सम्पन्न गर्ने हो भने कम्पनीहरुले सुरुदेखि नै वित्तीय भ्यालुएसन गर्ने, लेखापरीक्षण प्रतिवेदन बनाउने तथा वित्तीय विवरण बनाउने काम गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS