IME Life
Beema Board

एचआईडिसीएलको २ करोड ३२ लाख कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज भदौ २० गतेदेखि संस्थापक शेयर फेरी लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि लिलाममा ल्याउदा बिक्रि नभएको २ करोड ३२ लाख ४ हजार ४ सय ९५ कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो।

यस लिलामीको शेयरमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक शेयर हो ।

Prabhu
Crest

उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, विराटनगर, जनकपुर, आर्दशनगर वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड पोखरा, बुटवल(मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक , सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS