IME Life
Beema Board

खप्तड लघुवित्तको आइपीओ बाँडफाँड, भाग्यमानी १२ हजार ३४० जनाले पाए १० कित्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार बिहान शेयर बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार आइपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको हात खाली भएका छन् ।

Prabhu
Crest

लघुवित्तले जारी पूँजी ४ करोडको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको हो । कुल शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

आइपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS