IME Life

निर्जीवन बीमा व्यवसायमा पनि मन्दीको संकेत, पोलिसी संख्या सँगै बीमा शुल्कमा गिरावट

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा पनि विस्तारै मन्दीको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा गिरावट आएको छ । निर्जीवन बीमा कम्पनीले साउनमा २ लाख २१ हजार पोलिसी जारी गरेका छन् । उक्त पोलिसी मार्फत ४ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो महिनामा २ लाख ४१ हजार वटा पोलिसी बिक्री गरेका थिए । तर बीमा शुल्क आर्जन भने जम्मा २ अर्ब ९९ करोड रुपैयाँ मात्रै थियो । बीमा समितिले नन ट्यारिफ र इन्जिनियरिङ बीमाको दर बढाए सँगै बीमा कम्पनीको बीमा शुल्क आर्जन बढेको देखिन्छ । तर पोलिसी संख्या घट्नुले भने राम्रो संकेत गर्दैन ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ लाख ४४ हजार वटा पोलिसी जारी गरी ५ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । एक महिनामै कम्पनीहरुको व्यवसायमा गिरावट देखिएको छ । अझ जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले एक लाख ६७ हजार वटा पोलिसी जारी गरी २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै गत बैशाख महिनामा निर्जीवन बीमा कम्पनीले २ लाख ४४ हजार वटा पोलिसी जारी गरी ५ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका थिए ।

निर्जीवन बीमा कम्पनीहरुलाई पनि नयाँ व्यवसाय पाउन र नविकरण हम्मे हम्मे परिरहेको छ । बैंकले नयाँ कर्जा प्रवाह नगर्दा नयाँ व्यवसाय खुल्न सकेको छैन । नयाँ व्यवसाय नपाउने अवस्थामा अन्य कम्पनीकै व्यवसाय खोस्नु पर्ने अवस्थामा बीमा कम्पनी छन् । यदि आर्थिक मन्दी विस्तारै सुधार भएन भने चालु आर्थिक वर्षमा बीमा कम्पनीको व्यवसायिक बृद्धिदर खुम्चिने बीमकहरु बताउछन् ।

यस वर्षको साउन महिनामा मात्रै नेको इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै २१ हजार ८९९ वटा पोलिसी जारी गरी २७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क तर्फहेर्ने हो भने सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको छ । कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी कम्पनीले ३ हजार ११२ वटा मात्रै पोलिसी जारी गरेको पाइएको छ । राष्ट्रिय बीमा कम्पनीले सरकारको व्यवसाय गर्ने भएकाले पनि बीमा शुल्क आर्जन धेरै गरेको देखिएको हो ।

दोस्रो धेरै बीमा लेख जारी गर्नेमा शिखर रहेको छ । शिखरले २० हजार ९१७ वटा पोलिसी जारी गरेको छ । यस पोलिसीबाट ३५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन र एभरेष्ट मर्जर सँगै पोलसी जारी भएको हिसावले तेस्रो नम्बरमा आएको छ । कम्पनीले साउन महिनामा मात्रै  १८ हजार ७१३ वटा पोलिसी जारी गरेको छ । जस मार्फत ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

हेर्नुहोस् कुन कम्पनीको कति सूची

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS