IME Life
Beema Board

शुक्रवार शेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले शुक्रवार शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । लगानीकर्ताले शुक्रवारको कारोबारलाई विरोध गरे पछि नेप्सेले साविककै जस्तो आइतबारदेखि विहीबारसम्म मात्रै शेयर कारोबार खुला गर्ने निर्णय गरेको छ ।

सरकारले  पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे सँगै नेप्सेले भने शुक्रवार पनि कारोबार खुला राख्ने निर्णय गरेको थियो । तर सरकारले केहि समयमै सातामा दुई दिन सार्वजनिक विदा दिने व्यवस्था अव्यवहारिक भएको भन्दै हटाउने निर्णय गर्यो । तर नेप्सेले भने आइतबार सहित शुक्रवार पनि कारोबार खुला गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

शुक्रवार २ घण्टा कारोबार खुला गर्दै आएको थियो । तर शेयर बजार बियरिस ट्रेण्डमा भएकाले कारोबार दिन बढाउदा बजार झन् तल झर्न थाले पनि लगानीकर्ता आक्रोशित भएका हुन् । बजार बढेको समयमा सातामा सातै दिन कारोबार खुला राख्नु पर्ने माग गर्ने लगानीकर्ताहरु बजार लगातार घटेको समयमा भने दिन घटाउनु पर्ने माग राख्छन् । लगानीकर्ताको आवेगको मागलाई बुझ्ने भन्दा पनि अन्तर्राष्ट्रिय प्रचलन तथा व्यवहारिक पाटोलाई पनि नियामक निकायले सोच विचार गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS