IME Life
Beema Board

मोवाईल बैंकिङ्गको फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरीङ्ग हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोवाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा “Twist of 2!” को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु. १०२ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भाद्र १९ गते देखि असोज २९, २०७९ गतेसम्म लागु हुनेछ । आईतबार देखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने छन् र सोको जानकारी हरेक हप्ताको अन्त्य पछी www.connectips.com मा प्रकाशन गरिने छ ।

Prabhu
Crest

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, fund transfer वा send money मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न connectIPS लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न connectIPS एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस Twist of 2 offer ले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । connectIPS को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न connectIPS मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको connectIPS मार्फत प्रति दिन प्रति कारोबार रु. २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

connectIPS फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म NPS अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । connectIPS मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा रु. ३९५ अर्ब बराबरको ५२ लाख भन्दा बढी भुक्तानी कारोबार फछर्यौट भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS