IME Life
Beema Board

सिद्धार्थ बैंक ‘एक्सिलेन्ट इन प्रिपेड कार्ड बिजनेज २०२२’ अवार्डबाट सम्मानित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्ट इन प्रिपेड कार्ड बिजनेज २०२२ अवार्डबाट सम्मानित भएको छ । भिसद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ  पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । सिद्धार्थ बैंकलाई यस अघि पनि भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझँ प्रभावकारी बनाएको आधारमा ‘Excellence in Driving Innovation’ अवार्ड बाट सम्मानित गरेको थियो ।

Prabhu
Crest

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको EasyBank Portal मार्फत समेत प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS