IME Life
Beema Board

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ६९ करोड ८८ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से आज साताको अन्तिम दिन पनि घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ६७ अंकले घटेर १,९७० दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ७३ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर, अन्य र माइक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको २ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS