IME Life
Beema Board

सन् २०२३ का लागि एमडिआरटी सम्मेलन तय, यस्ता छन् छनोट हुने मापदण्ड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मिलियन डलर राउण्ड टेवल ‘एमडिआरटी’ले सन् २०२३ मा आयोजना हुने ग्लोबल कन्फ्रेन्स, टप अफ दि टेवल र वार्षिक सम्मेलनको मिति र स्थान तय गरेको छ । २०२३ एमडिआरटी ग्लोबल कन्फ्रेन्स सन् २०२३ को अगष्ट २७ देखि ३० तारिखसम्म सिङ्गापुरमा आयोजना हुनेछ । यस सम्मेलनमा भाग लिनका लागि अभिकर्ताले सन् २०२२ मा ३७ लाख ९२ हजार ३०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्ने हुन्छ ।

यदि सिङ्गापुरमा आयोजना हुने ग्लोबल कन्फ्रेन्समा भाग लिन चाहने हो भने अभिकर्ताले यहि पुस १६ गतेसम्ममा ३७ लाख ९२ हजार ३०० रुपैयाँ बीमा शुल्क संकलन गर्नै पर्ने हुन्छ । सन् २०२१ मा ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका अभिकर्ताहरु अष्ट्रेलियामा आयोजना भएको ग्लोबल कन्फ्रेन्स २०२२ का लागि योग्य भएका थिए । दुई दिन अगाडी मात्रै सम्पन्न भएको यो सम्मेलनमा नेपालको तर्फबाट १९ जनाले सहभागिता जनाएका थिए ।

Prabhu
Crest

एमडिआरटी वार्षिक सम्मेलन भने सन् २०२३ को जुन २५ देखि २८ सम्म अमेरिकाको नेसभिल टेन्सीमा आयोजना हुनेछ । यस सम्मेलनमा भाग लिनका लागि पनि एमडिआरटी ग्लोबल कन्फ्रेन्सकै जति योग्यता आवस्यक पर्नेछ । सन् २०२२ मा ३७ लाख ९२ हजार ३०० रुपैयाँ बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले एमडिआरटीबाट प्रमाणपत्र लिनु पर्नेछ । सोहि आधारमा यस सम्मेलनमा जानका लागि आवेदन दिन सक्नु पर्छ । यस सम्मेलनमा विश्वबाटै धेरै जनाले आवेदन दिने भएकाले सिट पाउन धेरै गाह्रो पर्छ ।

एमडिआरटीले टप अफ दि एनुअल मिटिङ २०२३ अमेरिकाको फ्लोरिडामा आयोजना गर्ने भएको छ । यस्तो वार्षिक मिटिङ सन् २०२३ को अक्टोबर ११ तारिखदेखि १४ सम्म आयोजना हुनेछ । यस सम्मेलनमा भाग लिनका लागि नेपाली अभिकर्ताले २ करोड २७ लाख ५३ हजार ८०० नेपाली रुपैयाँ संकलन गर्नु पर्छ । अभिकर्ताले सन् २०२३ को सम्मेनलमा भाग लिन सन् २०२२ मै तोकिएको लक्ष्य पुरा गर्नु पर्छ ।

अर्को एमडिआरटी इडेज ‘MDRT EDGE’ को भने मिति सार्वजनिक भएको छैन । सन् २०२२ को सम्मेलन भने यहि नोभेम्बर ७ देखि ९ तारिखमा हुँदैछ । यो सम्मेलन अमेरिकाको ओरलाण्डो फ्लोरिडामा हुनेछ । यस सम्मेलनमा अमेरिका र क्यानडाका प्रतिनिधिहरुको मात्रै उपस्थिति रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS