IME Life
Beema Board

आजदेखि कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

Prabhu
Crest

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्युन भएको संस्था जनाउछ ।

उक्त ऋणपत्र खरीदका लागि भदौ २१ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेवसाइटबाट आवेदन दिन सक्नेछन् । यसका साथै,सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS