IME Life
Beema Board

उच्चस्तरीय तलब सुविधा आयोगमा सूर्या लाइफका पुर्व सिइओ पाण्डे, सम्पुर्ण श्रमिकको तलब सुविधा सिफारिस गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गरेको छ । उक्त आयोजको संयोजकमा पूर्व मुख्यसचिव लीलामणी पौड्याल र सदश्यहरुमा सूर्या लाइफका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे र पूर्व सचिव विमल वाग्ले रहेका छन् ।

सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्युनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संयोजकमा पौडेल सहित सदश्यहरुमा पाण्डे र वाग्लेलाई नियुक्ति पत्र दिएका हुन् ।

Prabhu
Crest

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुरुप यस्तो उच्चस्तरीय आयोग गठन गरेको हो । आयोगले नेपाल नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमा समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरु पनि सिफारिस गर्नेछ ।

आयोगलाई तीन महिनाको समय दिइएको छ । आवस्यक परेका खण्डमा मन्त्रिपरिषद्ले थप समय दिन सक्नेछ । आयोगका संयोजकको मन्त्री सरह र सदस्यहरूको राजपत्रांकित विशिष्ट श्रेणी सरह पारिश्रमिक तथा मर्यादाक्रम हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS