IME Life
Beema Board

दशै तिहारमा विदेशी मदिरा र सवारी साधनको आयात प्रतिबन्ध कायमै, कुरकुरे सहित ६ बस्तुको हट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले दशै तिहार अगाडी विदेशी मदिरा तथा सवारी साधनको आयात प्रतिवन्धलाई कायमै राखेको छ । सरकारले मदिरा, मोबाइल, मोटरसाइकल र मोटरमा असोज २८ सम्म प्रतिबन्ध गरेको छ । गत बैशाख १३ गतेदेखि १० वटा बस्तुको आयातमा प्रतिवन्ध लगाउदै आएकोमा ६ वटाको भने खुला गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ को राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोनको आयातमा लागेको प्रतिबन्ध आगामी असोज २८ गतेसम्म थप गरेको हो ।

Prabhu
Crest

कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना भने आयात प्रतिबन्धको सूचीबाट हटेका छन् ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती वस्तु आयातमा वैशाख १३ देखि प्रतिबन्ध लगाउँदै आएको छ । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी १० वस्तु आयातमा बन्देज लगाएको थियो ।

२०७९ असोज २८ गते सम्मको लागि पैठारीमा पूर्ण बन्देज लगाएको सूचना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS