IME Life
Beema Board

प्राधिकरणले रत्नपार्कमा स्थापना गर्यो फास्ट चार्जिङ स्टेसन, विद्युतीय सवारी आधा घण्टामै फुल चार्ज

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् । यो चार्जिङ स्टेसनको क्षमता ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको एसी गन रहेका छन् । १२० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडीहरु चार्ज गर्न सकिने प्राधिकरणले जनाएको ।

२६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कारका लागि र २५ वटा साना ठूला कारहरुका लागि मिल्ने चार्जर रहेको छ । नेपालमा उपलब्ध सवारीसाधनहरुमा रहेको ब्याट्रीको क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा फुल चार्ज हुने प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमटर खर्च लाग्नेछ । समय अनुसार इनर्जी शुल्क फरक फरक रहेको छ । मझौला भोल्टेज (३३ केभी)को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५  देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ प्रतिकिलोवाट घण्टा (युनिट) पर्नेछ ।

मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.७० रुपैयाँ युनिट पर्नेछ ।

तल्लो भोल्टेज (२३०/४०० भोल्ट) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.७० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.९० रुपैयाँ युनिट पर्नेछ ।

चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारीसाधनलाई चार्जिङ सेवा दिए बापत २० प्रतिशत किलोवाट घण्टा थप गरि लिन पाउने व्यवस्था रहेको छ । चार्जिङ स्टेसन सर्वसाधारणले पनि प्रयोग गर्न सक्नेछन् । त्यसका लागि नेसनल सर्भिस प्रोभाइडर प्रणालीको विकास गरिएको छ । जसमा उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप प्रयोग गर्न सकिनेछ ।

प्राधिकरणले अझै ५० वटा स्टेसन बनाइरहेको छ । प्राधिकरणले देशका विभिन्न ३२ स्थानमा ५० वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणको काम धमाधम गरिरहेका छ । पाँच स्थानमा तयार भएको छ । बल्खु, साझा,खुर्कोट लगायतका स्थानमा तयार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS