IME Life
Beema Board

हाइलाइफ फूडमा हाथवे र बिग इण्डष्ट्रिजको रणनीतिक साझेदारी, आइपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइलाइफ फूडमा हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिजले रणनीतिक साझेदारको रुपमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रममा विचमा तीनवटा समूहबीच साझेदारी गर्ने विषयमा हस्ताक्षर भएको हो ।

‍सम्झौतापत्रमा हाइलाइफ फूडका प्रबन्ध निर्देशक प्रशान्त घिमिरे,बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिकाप्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरेका छन् । हाथवे र बिग इण्डष्ट्रिजको रणनीतिक साझेदारीले हाइलाइफ फूडले एफएमसीजीमा थप लगानी गर्ने छ ।

Prabhu
Crest

हस्ताक्षर कार्यक्रममा हाथवेका योगेश्वर शर्मा ढकालले खानाबाट चिनिएको ब्राण्डसँग साझेदारी गर्न पाउदा आफुहरुलाई खुसी लागेको बताए । ‘हरेक घरमा पुगेको ब्राण्डसँग साझेदारी गर्न पाउदा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने छौ,’ढकालले भने । हस्ताक्षर कार्यक्रममा बिग इण्डष्ट्रिजका अम्बिका प्रसाद पौडेलले हाइलाइफसँग साझेदारीले कृषि उत्पादन बढाउन सहयोगी हुने बताए ।

‘वित्तीय क्षेत्रमा काम गरेको हाथवे,कृषिमा काम गर्ने बिग इण्डष्ट्रिज र कृषिमा आधारित उद्योग चलाएको हाइलाइफले आयात प्रतिस्थापनमा केही भएपनि काम गर्ने छ,’पौडेलले भने । पौडेलले कृषिलाई समेटेर राष्ट्र निर्माणको काम गर्ने योजना अब अगाडि बढेको बताए । निकट भविष्यमा हाइलाइफ फुड पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणलाई सेयर निष्कासन समेत गर्ने जानकारी पौडेलले दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS