IME Life
Beema Board

शेयर बजारमा चरम मन्दी, सूचक सँगै कारोबार रकम खुम्चियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा चरम मन्दी छाएको छ । पछिल्ला दिनमा शेयर मात्रै तल झरिरहेको छैन कारोबार रकम पनि घटिरहेको छ । बजार अझै केहि समय तल्लो विन्दुमै रहने विश्लेषण सहित लगानीकर्ताको सहभागिता घटेको छ ।

भदौ लागे सँगै बैंकिङ प्रणालीमा तरलता सहज हुन्छ भन्ने अपेक्षा गरिएकोमा सिडी रेसियो झन् झन् टाइट भइरहेको छ । यहि हिसावले सिडी रेसियो टाइट हुँदै जाने हो भने अवको दुई तीन सातामै बैंकहरु नयाँ कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुग्नेछन् । बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न नसक्नु भनेको शेयर बजारमा जाने कर्जामा कटौती हुनु हो । अर्को तर्फ प्राथमकिताका क्षेत्रमै कर्जा प्रवाह हुन नसकेको अवस्थामा शेयर बजारमा कर्जा लिइ लिइ लगानी गर्ने कुरा आउदैन ।

Prabhu
Crest

मंगलबार नेप्से सूचक २.१९ अंकले मात्रै सुधार भएको छ । तिब्र उतारचढावका विचमा नेप्से सूचक अन्तिममा सुधार भएको हो । नेप्से सूचक सामान्य सुधार हुँदा १९९५.२१ अंकमा रोकिएको छ । कारोबार रकम एक अर्ब एक करोड रुपैयाँको भएको छ । आज २२६ वटा कम्पनीको शेयर खरिद बिक्री हुँदा जम्मा ७४ वटाको सुधार भएको छ भने १०५ वटाको शेयर मूल्य घटेको छ । सर्वाधिक धेरै अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ८.४५ प्रतिशतले बढेर ३८५ रुपैयाँ पुगेको छ । नेपाल टेलिकमको सबैभन्दा धेरै ९ करोड ९७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS