IME Life

सफल अभिकर्ता अम्बिकालाई तीन वर्षको संघर्षले जुरायो ग्लोबल कन्फ्रेन्स २०२२ मा भाग लिने मौका

SPIL
NIC ASIA

परिवारको जीम्मेवार व्यक्तिको निधनपछि परिवारभित्र मडारिने आर्थिक संकटले सिंगो परिवारलाई नै भयवित गरिदिन्छ । गाँस बास र कपाससँगै शिक्षा, स्वास्थ्यका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा परिवाको भविष्य नै अन्धकार भएको कयौं घटनाहरु हाम्रो समाजमा यत्रतत्र छरिएको छ । कमाइको सानो अंश जोगाउन नसक्दा सिंगा परिवारल आर्थिक संकट भोग्नुपर्ने अवस्था आइपर्छ । यस्तै एउटा घटनाले प्रेरित भई बीमा अभिकर्ता पेशामा लागेकी एक पात्र हुन् अम्बिका गौतम । उनी युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सक्रिय अभिकर्ताको हुन् । उनी हाल मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) ग्लोबल कन्फ्रेसनमा सहभागी हुन अष्ट्रेलिया पुगेकी छिन् । छोटो समयमै कम्पनीमा एमडीआरटी बन्न सफल भएकी उनी युनियन लाइफको प्रतिनिधित्व गर्दै ग्लोबल कन्फ्रेसनमा भाग लिन अष्ट्रेलिया पुगेकी हुन् ।

यसरी सुरु भयो अम्बिकाको अभिकर्ता यात्रा
तीन वर्षअघिसम्म अम्बिका गौतम एक सफल महिला व्यवसायी थिइन् । उनले एक सहकारी संस्था सञ्चालन गरेकी थिइन । आर्थिक कारोबार राम्रै हुने भएकोले पनि उनी आफ्नो पेशाप्रति सन्तुष्ट थिइन । यसैक्रममा एकदिन उनले एक चर्चित चलचित्र कर्मीको निधनपछि आर्थिक अभाव भएकोले छोरालाई पढाउन नसक्ने अवस्थामा पुगेको भन्दै उनकी श्रीमति मिडियामा रुँदबोलेको देखिन् । यो घटनाले उनलाई केहि समय सोच मग्न बनायो । हरेक मान्छेले केहि न केहि रुपैयाँ कमाएकै हुन्छन् । सम्भवत कमाइको केहि अंश जमाएको पनि हुन्छ ।

Prabhu
Crest

चलचत्रि क्षेत्रमा कार्यरत व्यक्तिको मृत्यु पश्चात परिवारमा आर्थिक संकट आएको कुरा सुनेपछि व्यक्तिले बीमा गराएका थिए कि थिएनन् भन्ने कोतुहलता उनमा जागेको र बुझ्दै जाँदा बीमा नगरेको भेटिएको अम्बिका सुनाउँछिन् । नेपाली बजारमा बीमा कम्पनीहरु प्रशस्त खुलेपनि आम जनमानसमा बीमा पुगेको छैन रहेछ भन्ने निचोडमा पुगेका अम्किकाले अन्तत अभिकर्ता बनेर बीमा बारे जानकारी दिने सोच बनाइन् । यसरी बीमा क्षेत्रमा आफ्नो योगदानको आवश्यकता महसुुस भएपछि अभिकर्तातर्फ उन्मुख भएको उनले बताइन ।

तीन जनाको सानो परिवार, अम्बिका भने हर समय अभिकर्ताकै रुपमा खटिन्छिन् । अध्ययनमा व्यस्त छोरा होस् अथवा जागिरे श्रीमान, उनलाई सहयोग चाहेको बखत सँगै उभिने गरेको उनी बताउँछिन् । परिवारको साथसहयोगकै कारण तीन वर्षको समयअवधिमा एमडीआरटी बन्न सफल भएकि छिन् उनी । तीन वर्षको अवधिमा उनी थुप्रै बीमित समक्ष पुगेकी छिन् । जीवनमा भइपरिआउने आर्थिक समस्यालाई समाधान गर्न धेरैलाई उनले बीमा बारे जानकारी दिँदै आएकि छिन् ।

‘अरु काम नपाएर बीमा गराउन हिँडेको भन्ने धेरै भेटेकी छु युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वरबाट अभिकर्ताको रुपमा बीमा पेशा अंगालेकि थिइन् अम्बिकाले । हरदिन उनले आरामलाई भन्दा बढी कामलाई महत्व दिइन् । भैपरि आए दैनिक १८ घण्टासम्म फिल्डमा खट्ने उनले विभिन्न स्वभावका व्यक्तिहरु भेटेको बताउँछिन् । कुनै कुनैले त उनलाई अरु काम नपाएर फोकटमा यो पेशामा लागेको समेत भन्ने गरेको उनको अनुभव छ । कतिपयले उनलाई कमिसनको लागि आएको भन्ने गरेको उनी सुनाउँछिन् । तर आफूले बीमाबारे सचेतना दिँदै गर्दा सिंगो परिवारकै जीवनको रक्षा हुने भएकोले आफूले ती भनाइहरुलाई वेवास्ता गर्ने गरेको उनी बताउँछिन् ।

नेतृत्व वर्गमा रहेका व्यक्तित्वहरुले समेत बीमा नकारात्मक धारण राख्ने गरेका छन् । नगर, पालिकाको जीम्मेवारी सम्हालेका व्यक्ति स्वयमले बीमा नबुझेपछि बीमा सचेतना जगाउन अप्ठेरो हुने गरेको अम्बिका बताउँछिन् । आउँदो दिनमा नेतृत्व वर्गमा बीमा सचेतना फैलाउने योजनामा छिन् उनी । राजनैतिक दलका नेता, नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष समक्ष बीमा जागरण कार्यक्रम लैजाने उनी बताउँछिन् ।

तीन वर्षमै ग्लोबल कन्फ्रेसमा सहभागी
युनियन लाइफको बाग्मती प्रदेशमा संलग्न महिला अभिकर्ताहरुमध्ये ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुने उनी मात्र हुन् । तीन वर्षअघि सुरु भएको उनको यो यात्राले ग्लोबल कन्फ्रेन्समा नेपालको झन्डा फहराउने मौका समेत पाएको छ । मासिक करिब करोडको हाराहारीमा प्रिमियम संकलन गर्छिन उनी । उनलाई यो पेशाले आर्थिकसँगै आत्मसन्तुष्टि दिएको छ । साथै यो वर्षको एमडीआरटी ग्लोबल कन्फ्रेन्स २२ मा सहभागी हुने मौका समेत मिलेको छ ।
सफल अभिकर्ता बन्न आफूमा आत्मविश्वास हुनुपर्छ
आफूमा आत्मविश्वास भएमा हरेक काम सफल हुने उनको भनाई छ । अभिकर्ता पेशामा पनि आत्मविश्वास अति नै आवश्यक रहने उनी बताउँछिन् । धेरै प्रकारका व्यक्तिहरुसँग भेटघाट गर्ने, बोल्ने कुरा बुझाउने गर्नुपर्ने भएकोले पनि आफूमा साहस हुन जरुरी रहेको उनको अनुभव छ । बीमित समक्ष खुलेर बीमा बारे बुझाउने, उनीहरुले गरेको प्रश्नमा चित्त बुझ्दो उत्तर दिन सकेमा बीमितले विश्वास गर्छन् । यसका लागि आफू संलग्न कम्पनीको बारेमा र कम्पनीले ल्याएको स्किमको बारेमा अध्ययन गर्न जरुरी रहेको अम्बिका बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS