IME Life

अब अभिकर्ताहरुले इजाजत पत्र लिनका लागि परीक्षा दिनुपर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले अभिकर्ता इजाजत पत्रका लागी समेत परीक्षा लिने भएको छ । बीमा कम्पनीहरुले तालिम नै संचालन नगरी जथाभावी बीमा अभिकर्ता इजाजत पत्रको लागी सिफारिश गरिररहेको गुनासो आएपछि समितिले नियन्त्रणको लागी परीक्षा लिने भएको हो ।

अधिकांश बीमा कम्पनीहरूले नव प्रवेशीहरुलाई कुनै तालिम नदिई इजाजत पत्रको लागी बीमा समितिमा सिफारिश गर्ने र उनीहरूबाट बीमा प्रस्ताव स्वीकार गर्ने गरेको गुनासोका आधारमा बीमा नियामकले नियन्त्रणको लागि कदम चाल्ने तयारी गरेको छ ।

Prabhu
Crest

अभिकर्ता तालिम निर्देशिका २०७२ को खण्ड नम्बर ३ अनुसार बीमा समितिमा अभिकर्ता इजाजत पत्रका लागि सिफारिस गर्नुअघि बीमा कम्पनीले बीमा अभिकर्ताका लागि तीन दिने तालिम सञ्चालन गर्नुपर्छ।

बीमा कम्पनीले तालिम संचालन पछि पेश गरेको सिफारिश र कागजपत्रको आधारमा बीमा समितिले इजाजत पत्र जारी गर्छ । निर्देशिकामा यस्तो व्यवस्था भए पनि व्यवहारमा निकै थोरै संख्यामा एजेन्सी तालिम सञ्चालन भएका छन् तर कागजमा मात्रै धेरै छन् ।

नयाँ अभिकर्ता इजाजत पत्रको लागी विद्युतीय माध्यमबाट परीक्षा संचालन गर्ने संयन्त्र तयार पार्न लागिएको बीमा समितिका अधिकारीले बताए । नयाँ ल्याउन लागिएको प्रावधान अनुसार ३ दिने तालिम सकिएपछि उम्मेदवारहरूले एजेन्सी लाइसेन्सका लागि योग्य हुन अनलाइन परीक्षामा सहभागी हुनुपर्नेछ । यस्तो व्यवस्थाले बीमा कम्पनीहरूबीचको अनैतिक अभ्यासलाई निरुत्साहित गर्नेछ भन्ने समितिको विश्वास छ

नयाँ अभिकर्तालाई उचित तालिमको अभावमा, बीमा उद्योगमा धेरै कम सक्रिय अभिकर्ता छन्। उपलब्ध तथ्यांकअनुसार नयाँ व्यवसायका आधारमा जीवन बीमा उद्योगमा १० प्रतिशत अभिकर्ता मात्रै पेशामा सक्रिय छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS