IME Life
Beema Board

सबै प्रदेशमा एनएमबि बैंकमा महिला नेतृत्व, महिला मात्र भएको शाखाको विशेष घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर काम गर्दै आएका महिलाहरुको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पु-याउने अपेक्षा राखेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहको थियो ।

Prabhu
Crest

बैंकले प्रदेश नं १ मा टंकिसिनुवारी शाखा, मधेश प्रदेशमा महोत्तरी, वाग्मतीमा बल्खु, गण्डकीमा चाउथे र लुम्बिनि प्रदेशमा भलवारी गरि ५ वटा प्रदेशमा महिलाको नेतृत्वमा महिला कर्मचारी भएका शाखाहरु हुन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS