IME Life
Beema Board

लघु बीमाको लाइसेन्स दिनु अगाडी यस्ता छन् बीमा समितिले बनाएका मूल्याङ्कनका आधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्नका लागि लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमा समितिको विगत दुई वर्षको प्रयास पछि बल्ल लाइसेन्स खुला गर्ने तयारी गरेको छ । सरकारको साथ पाइसकेको बीमा समितिले चुनाव अगाडी नै लाइसेन्स दिने तयारी गरेको हो ।

सरकारमा रहेका दलले चुनाव खर्च उठाउन चुनावकै मुखमा ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्न थालेको हो । बीमा समितिको आडमा सरकारले व्यवसायीहरु सँग ठुलो रकमको वार्गेनिङ गरिसकेको छ । समितिले लघु बीमा कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ तय गरेको छ । यस प्रकरणबाट सरकारले अर्बौ रुपैयाँ उठाउने अन्तिम तयारी गरिसकेको छ । बजार हल्ला अनुसार सरकारले कुन कुन कम्पनीले लाइसेन्स पाउने सम्मको योजना तय भइसकेको छ ।

Prabhu
Crest

लघु बीमा व्यवसाय गर्नकै लागि ७५ करोड रुपैयाँ आवस्यक पर्ने भए पछि सामान्य व्यवसायी व्यापारीले आवेदन नै नदिने विज्ञहरु बताउछन् । लघु बीमाको व्यवसायको आधार नै सानो हुन्छ । त्यसमा पनि सञ्चालन खर्च अधिक हुने भएकाले मुनाफा झिक्न धेरै गाह्रो हुने उनिहरु बताउछन् । त्यसैले अहिले विद्यमान ठुला व्यवसायिक घरानहरु नै लघु बीमाका दाबेदार रहेका छन् । बीमा समिति र सरकारले भित्रि रुपमा कम्पनीको चयन गरेता पनि बीमा समितिले हिजो सार्वजनिक गरेको निर्देशिका अनुसार ७ वटा मूल्याङ्कनका आधारहरु तय गरेको छ ।

निर्देशिकाले निम्न आधारमा लघु बीमा कम्पनी खोल्ने प्रस्तावकको मूल्याङ्कन गर्नेछ ।

  • व्यवसायिक सम्भाव्यता अध्ययन प्रतिवेदन लघुबीमा व्यवसाय सम्बन्धमा स्पष्ट अवधारणा, वस्तुगत विश्लेषण सहित विस्तृत व्यवसायिक कार्योजना
  • विदेशी लघुबीमा कम्पनीसँग संयुक्त अनुक्रमण ‘Joint Venture’ मा व्यवसाय गर्ने सम्ब्नधी विषयका साथै प्राविधिक सहयोग सम्बन्धी विषय
  • प्रडक्ट डिजाइन, प्राविधिक पुष्ट्याई तथा व्यवसाय विकास सम्बन्धी विषय
  • संस्थागत लगानी सम्बन्धी विषय
  • लघुबीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासका साथै नेपालमा यस्तो व्यवसाय स्थापना र संचालन गर्न आवस्यक हुने विषय
  • लघुबीमा व्यवसायसँग सम्बन्धित आवश्यक विविध पक्ष
  • समितिले उपयुक्त ठानेका अन्य विषयहरु

लघु बीमा कम्पनी खोल्नका लागि प्रस्ताव पेश गर्ने प्रस्तावकको मूल्याङ्कनका लागि समितिले छुट्टै उपसमिति बनाउनेछ । यहि मूल्याङ्कनका आधारमा उक्त उपसमितिले अंक प्रदान गर्नेछ । जसको सबैभन्दा धेरै अंक ल्याउछ उनिहरुलाई लाइसेन्स दिइने समितले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS