IME Life
Beema Board

इष्टर्न हाइड्रोपावरले आजबाट आइपीओ विक्री गर्दै, क-कसले भर्न पाउँछन् ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज भदौ ७ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आइपीओ) निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरमा लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

उक्त शेयरमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा आवेदकले भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ ।

Prabhu
Crest

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । उक्त आइपीओमा विक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
साथै, विक्री प्रबन्धकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंक भोजपुर शाखाका साथै प्रभु बैंक हतुवागढीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५०० किलोवाट क्षमताको पिखुवा खोला साना जलविद्युत आयोजना निर्माण गरी २०७६ जेठ २७ गतेबाट विद्युत उत्पादन गरी विक्री गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS