IME Life
Beema Board

दोस्रो दिन पनि शेयर बजारमा गिरावट, म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट नै आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,०५३ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २३५ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS