IME Life
Beema Board

चार बैंकको लगानी रहेको ‘अवसर इक्विटी फण्ड’ले पायो भेञ्चर क्यापिटलको लाईसेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटि फण्ड लिमिटेडलाई भेन्चर क्यापिटलको अनुमति दिएको छ । अवसर इक्वीटीमा नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकको १०/१० प्रतिशतका दरले लगानी रहेको छ । फण्डको प्रमुख कार्यकारी अधिकृतमा मर्चेन्ट बैंकर ध्रुव तिमिल्सिना रहेका छन् ।

अवसरको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । यो लाइसेन्स फण्ड म्यानेजरको काम गर्ने लाइसेन्स हो । यो लाइसेन्स पाए सँगै यसले नव प्रवर्तन, नयाँ अवधारणा तथा सोचमा काम गर्न चाहनेहरुका लागि आवस्यक फण्ड संकलन गर्न पाउनेछ । यसरी संकलन गरिने ‘प्राइभेट इक्वीटी फण्ड’को लागि पुनः छुट्टै स्वीकृति लिनु पर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

कुनै पनि व्यवसायीले लगानीका लागि सामान्यतया बैंक तथा वित्तीय संस्था र शेयर बजारबाट पूँजी जुटाउने गर्छ । बैंकहरुबाट कर्जा लिदा सबैले पाउने सक्ने अवस्था रहदैन । त्यस्तै शेयर पूँजी संकलन गर्न धेरै ठुलो प्रकृयाँ अपनाउनु पर्छ । तर कुनै नयाँ व्यवसायिक सोच भएका, सञ्चालन भइरहेको कम्पनी जहाँ व्यवसायिक भविष्य छ तर तत्कालन पूँजीको अभावमा बन्द हुनु पर्ने अवस्था छ भने त्यस्ता व्यवसायीहरुलाई यस्ता फण्ड मार्फत पूँजी परिचालन गर्न सकिने नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।

यस्ता भेन्चर क्यापिटले स्थापना गर्ने प्राइभेट इक्वीटी फण्डमा न्युनतम २० देखि अधिकतम २०० जनासम्मले मात्रै लगानी गर्न पाउछन् । जहाँ न्युनतम पनि ५० लाख रुपैयाँ लगानी गर्नु पर्ने हुन्छ । नियम अनुसार सर्वसाधारण लगानीकर्ता भन्दा पनि संस्थागत लगानीकर्ता र ठुला लगानीकर्ताका लागि यस्तो फण्डमा लगानीको लागि आह्वान गरिन्छ ।

यस्ता लगानीकर्तालाई क्यापिटलले निश्चित प्रतिशत प्रतिफल दिने सुनिश्चित गर्नु पर्ने हुन्छ । जुन सामान्य लगानीको भन्दा उच्च किसिमको प्रतिफल रहन्छ । यो उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने भएकाले संस्थागत र ठुला लगानीकर्ताहरुले बढि प्रतिफलको अपेक्षा गर्छन् ।

बोर्डमा भेन्चर क्यापिटलका लागि १७ वटाले निवेदन दिएका थिए । यि मध्ये ग्लोबल इक्वीटी फण्डले लाइसेन्स पाइसकेको छ । उनिहरु मध्ये ८ वटालाई पुर्वाधार तयार पार्न बोर्डले निर्देशन दिएको छ ।

लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपूँजीमा लगानी गर्न सक्ने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संस्थाहरुले भेन्चर क्यापिटलको लाइसेन्स लिन पाउछन् ।

यसले पूँजी सिर्जनाका लागि सबैभन्दा महत्वपुर्ण भुमिका खेल्ने केसीको भनाइछ । कोभिड १९ का कारण कयौ कम्पनी तथा आयोजना संकटग्रस्थ अवस्थामा छन् । यस्ता फण्डले डुब्न लागेका तथा भिविष्य भएका त्यस्ता संस्थालाई ठुब्न नदिएर बचाउन महत्वपुर्ण भुमिका खेल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS