IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको नाफा ५९%ले घट्यो, खुद बीमा शुल्क ४६ करोड २६ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साविक एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । मर्जर पछाडी  हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट श्रावण १ गते बाट एकीकृत कारोबार गरेका हुन्।

यस अवधिसम्ममा कम्पनीले ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५९ प्रतितशले कमी हो ।

Prabhu
Crest

१ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २५ करोड ७४ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ४४ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ४१ करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८३ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ४ करोड १७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब १८ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS