IME Life
Beema Board

ज्योति लाइफको जीवन बीमा कोष र नाफामा आकर्षक वृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन २० दशमलव ६३ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ३ अर्ब १० लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ८३ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै २३ करोड ९१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड माथि थियो ।

Prabhu
Crest

२ अर्ब ४२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७७ करोड ५० लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ५९ दशमलव १३ प्रतिशत वृद्धि हुँदै ६ अर्ब ३४ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा र किताबी मूल्य १३६ रुपैयाँ ६५ पैसा छ । गत आर्थिक वर्षमा २८ करोड ३५ लाख खुद दावी भुक्तानी  गरेको कम्पनीले ४ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS