IME Life
Beema Board

नेशनल लाइफको जीवन बीमा कोष ५० अर्ब माथि , नाफा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १७ दशमलव ८८ प्रतिशतले वृद्धि हुँदै १४ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा १ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै ४० करोड ८८ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४० करोड १२ लाख थियो ।

Prabhu
Crest

४ अर्ब ३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६६ करोड ७१ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २० दशमलव ५८ प्रतिशत वृद्धि हुँदै ५१ अर्ब १५ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ १३ पैसा र किताबी मूल्य १२५ रुपैयाँ १९ पैसा छ । गत आर्थिक वर्षमा ५ अर्ब ७९ करोड खुद दावी भुक्तानी  गरेको कम्पनीले ९६ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS