IME Life
Beema Board

नेको इन्स्योरेन्सको नाफा ५५ करोडमाथि, खुद बीमा शुल्क आर्जनमा ४ प्रतिशतको बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

१ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४८ करोड ७३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४६ करोड ८० लाख रुपैयाँ थियो । महा विपत्ति कोषमा ९ करोड ६२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीले यस अवधिसम्ममा ५५ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९ प्रतितशले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ८४ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले ६२ करोड ९३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ७९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ९६ करोड ४३ रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS