IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क २६%ले बढ्यो, बीमा कोषको आकार १ अर्ब २२ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ भने अधिकांश सूचकमा प्रगति नै देखिएको छ ।

कम्पनीले यस अवधिसम्ममा ४० करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको यियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८ प्रतितशले कमी हो ।

Prabhu
Crest

१ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४६ करोड ९५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनकिो जगेडा कोषको आकार घटेको हो । यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ९५ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले ६५ करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ८४ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ९१ अर्ब ७५ करोड रुैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS