IME Life
Beema Board

विशेष साधारण सभा प्रयोजनका लागि शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा प्रयोजनका लागि लागि बुक क्लोज भदौं २ गते गर्ने भएको छ । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार उक्त दिनमा बुक क्लोजको मिति तय गरेको हो । त्यसकारण भदौ १ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

कम्पनीले भदौ १० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २३ गतेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित आफ्नै कर्पोरेट कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभामा कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड ग लाई संशोधन गर्ने र खण्ड घ संशोधन गरी हटाउने प्रस्ताव पेश गर्नेछ । त्यस्तै कम्पनीको स्वीकृत नियमावलीको नियम नं २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं २५ को उप नियम ५ संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले स्वीकृत नियमावलीको नियम नं २७ को उप नियम २ मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७ सात जनाको हुने छ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै नियमावलीको नियम नं २९ संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना संचालक समितिले नियुक्त गर्नेछ भन्ने व्यवस्था संशोधनद्धारा कायम गर्ने , र नियमावलीको नियम नं ३१ मा संशोधन गरी संचालकहरुको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा कम्पनी ऐन बमोजिमको प्रक्रिया पुरा गरी गरिनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS