IME Life
Beema Board

अभियान लघुवित्तको आइपीओ बाँडफाँड, भाग्यमानी ९१ हजार ३ सय ७५ जनाले हात पारे १० कित्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

आइपीओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको छ । बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

Prabhu
Crest

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म  सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS