SKIP THIS

GBIME
IME Life
Beema Board

प्राइम लाइफको बीमा शुल्क १६ प्रतिशतले वृद्धि, व्यापार कति ? (रिपोर्ट सहित)

SPIL
NIC ASIA
Sanima Reliance
काठमाडौं।  प्राइम लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १६ दशमलव २२ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ४ अर्ब ४ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा २८ दशमलव ६१ प्रतिशतले घट्दै २२ करोड ८८ हजार पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ८२ लाख थियो ।

२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५३ करोड २९ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २६ दशमलव २९ प्रतिशत वृद्धि हुँदै १८ अर्ब ५५ करोड पुगेको छ।

Prabhu
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र किताबी मूल्य १२५ रुपैयाँ ६४ पैसा छ । गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड कुल दावी भुक्तानी  गरेको कम्पनीले १ करोड ४६ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS