SKIP THIS

GBIME
IME Life
Beema Board

अजोड इन्स्योरेन्सको नाफा १६ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क आर्जन १ अर्ब ६७ करोडमाथि (रिपोर्ट सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन २८ दशमलव ०५ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १ अर्ब ३० करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा १६ दशमलव ६२ प्रतिशतले वृद्धि हुँदै ११ करोड ८९ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १० करोड २० लाख थियो।

Prabhu
Crest

१ अर्ब  चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १५ करोड ७ लाख रुपैयाँ छ भने बीमा कोषमा १ वर्षको अवधिमा ५३ दशमलव ३ प्रतिशत वृद्धि हुँदै १७ करोड १६ लाख पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ९० पैसा र किताबी मूल्य १३३ रुपैयाँ ६७ पैसा छ ।

गत आर्थिक वर्षमा ७६ करोड २१ लाख कुल दावी भुक्तानी गरेको कम्पनीले १ अर्ब १ करोड भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS