IME Life

गैर बीमा कम्पनी कर्जा सुरक्षण कोषले निक्षेप बीमामा मोटो रकम उठाउदै, ९ खर्ब दायित्वको पुनर्बीमा खोइ ?

SPIL
NIC ASIA

काठमाडौं । कर्जा सुरक्षण कोषले तीन करोड ३७ लाख १८ हजार निक्षेपकर्ताहरुको बीमा गरेर ३५ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बीमा समितिबाट बीमाको काम गर्ने अनुमति नलिइ गैर बीमा कम्पनीको रुपमा काम गर्दै आएको कोषले निक्षेपकर्ता र ऋणीको बीमा गर्दै आएको छ । कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै ८ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेपको बीमा गरेको छ ।

कोषले हरेक वर्ष बैंकहरु सँग निक्षेपकर्ताको बीमाको नाममा करोडौ रुपैयाँ संकलन गर्दै आएको छ । कोषले प्राकृतिको व्यक्तिको मात्रै निक्षेपको बीमा गर्ने गरेको छ । जसमा तीन करोड ६९ लाख ५९ हजार खाताको बीमा गरेको छ । कोषको नियम अनुसार एउटै व्यक्तिले एउटै बैंकमा एक भन्दा बढी खाता खोलेता पनि एउटा खाताको मात्रै बीमा गर्ने गरेको छ । तर एउटै व्यक्तिले एक भन्दा बढी बैंकमा खाता खोलेको छ भने छुट्टा छुट्टै बैंकको छुट्टै बीमा हुन्छ ।

Prabhu
Crest

कोषले निक्षेप खाताधनीको न्युनतम ३ लाख रुपैयाँको बीमा गर्नु पर्ने प्रावधान छ । कोषले असोजदेखि न्युनतम ५ लाख रुपैयाँको बीमा गर्नेछ । कोषले गत आर्थिक वर्षमा मात्रै अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम अहिले सञ्चालनमा रहेका एउटा बीमा कम्पनीले आर्जन गर्ने बराबरको हो । यसरी कोषले एउटै प्रोडक्टबाट एक अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी यो जोखिमको दाबी भुक्तानी कदमकदाचित बैंक डुब्यो र निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुग्यो भने मात्रै भुक्तानी गर्नु पर्छ । अन्यथा दाबी भुक्तानी पनि गर्नु पर्दैन ।

तर बैंकहरु डुब्ने अवस्था आयो भने खर्बौ रुपैयाँको दायित्व बहन गर्नु पर्नेछ । यो कोषले सामान्य अवस्थामा व्यवस्थापन पनि गर्न सक्दैन । बैंक डुब्ने अवस्था आउनु भन्दा अगाडी राष्ट्र बैंकले धेरै वटा प्रकृयाँ अगाडी बढाइसकेको हुन्छ । त्यसैले गर्दा यो आफैमा अधिक जोखिम बहन पनि हो । जुन वास्तविक रुपमा जोखिम आइपर्दा कोषले धान्नै सक्दैन । त्यसैले पनि यसलाई बीमाको सिद्धान्त अनुसार पुनर्बीमाको मापदण्ड अनुसार अगाडी बढ्दा उचित हुन्छ । दाबी नपरुन्जेल ठुलो रकम प्रिमियम बापत विदेशीको अनुभुती हुन्छ । तर दाबी पर्दा कसैले पनि समाधान गर्न नसक्ने भएकाले पनि यसमा पुनर्बीमा हुँदा दीर्घकालिन रुपमा सहज हुनेछ ।

जसरी सरकारले पुनर्बीमाको सहभागिता विना नै आफ्नो दायित्वमा कोरोना बीमा जारी गर्यो । जसको दायित्व तिर्न सरकार तयार छैन । त्यसैले यदि भोलिका दिनमा अर्बौ रुपैयाँ निक्षेप डुब्ने अवस्थामा कोषले कसरी धान्न सक्ला ?

९ खर्बको दायित्व बोक्ने कोषको चुक्ता पूँजी जम्मा १० अर्ब रुपैयाँ छ । साथै नेट वर्थ १५ अर्ब हाराहारी मात्रै छ । अव यस्तो संस्थाले भविष्यमा केहि पर्यो भने कसरी भुक्तानी गर्न सक्छ । यदि केहि पर्यो भने राज्यकै भारमा पर्ने निश्चितछ । जहाँ राष्ट्र बैंकको पनि १० प्रतिशतको दायित्व रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS