IME Life

सफल मर्जर पछि हिमालयन एभरेष्टको शेयर सूचिकृत, एभरेष्टका शेयरधनीको १५ प्रतिशत घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सफल मर्जर पछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । साविकका बीमा कम्पनीहरु हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक बराबर ०.८५ को अनुपातमा मर्जर गरेका थिए ।

दुबैको मर्जर सफल भएर गत साउन एकगतेदेखि एकिकृत कारोबार पनि सुरु भइसकेको छ । मर्जर पछि बनेको हिमालन एभरेष्टको नाममा २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत भएको हो । शेयर धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी आज सूचिकरण भएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

उक्त शेयर सूचिकृत सँगै साविक एभरेष्ट इन्स्योरन्स कम्पनिको एक करोड ६ लाख ६४ हजार २७५ कित्ता शेयर खारेज गरी साविक हिमालयन जनरल इन्स्योरन्स कम्पनी अर्थात मर्जर पछिको हिमलायन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाममा सूचिकृत भएको हो ।

दोस्रो बजारमा सूचिकृत भए सँगै भोलिदेखि साविकका दुबै कम्पनीको शेयरधनीहरुले भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न सक्ने छन् । यो बीमा क्षेत्रको पहिलो सफल मर्जर हो । सफल मर्जर पछि दोस्रो बजारमा हुने पहिलो कारोबार पनि ऐतिहासिक हुनेछ । नेप्सेले मर्जर पछिको पहिलो कारोबारका लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS