IME Life
Beema Board

योजना प्रभावितका लागि ३६ लाख ५० हजार आइपीओ निष्काशन गर्दै सान्जेन जलविद्युत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशा गर्ने भएको छ । कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकास्थित विद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त गाउँपालिकाको वडा न.१,२,३,४ र ५ का स्थानियहरु यस योजनाको प्रारम्भिक समयदेखि नै प्रभावित भएका थिए । तसर्थ कम्पनीको सञ्चालक समितिकोे बैठकको निर्णय अनुसार उक्त क्षेत्रका बासिन्दाक लागि १० प्रतिशतका दरले हुन आउने ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

प्रभावित क्षेत्रका बासिन्दाका लागि यहि भदौ ५ देखि १९ गतेसम्म आइपीओ निष्काशन खुल्ला गरिएको कम्पनीले जनाएको छ । साथै निष्काशा गरे बापतको शेयरका लागि आवेदन नपरेमा थप १५ दिनको समय थप गरिनेछ । उक्त समयमा पनि आवेदन नपरेको अवस्थामा भने बिक्रि प्रबन्धकको माध्यमबाट शेयर बिक्रि पूरा गरिने कम्पनीले जनाएको छ ।

आवेदन दिनका लागि आवेदकले रसुवा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने छ । साथै आवेदन दिँदा रसुवा जिल्लामा रहेको सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा अन्य जिल्लाबाट पनि आवेदन दिन सक्नेछन् । आवेदनलाई अति प्रभाावित, प्रभावित, सामान्य प्रभावित तथा न्यून प्रभावित फारममा स्पष्ट उल्लेख गर्नुपर्ने हुन्छ ।

कम्पनीले आमाछोदिङमो गाउँपालिकाको वडा नं ५ चिलिमेलाई अति प्रभावित, वडा नं ४ गोल्जुङलाई प्रभावित र अनय वडालाई सामान्य प्रभावित वडाको रुपमा राखिएको छ । साथै सम्पूर्ण जिल्लालाई भने न्युन प्रभावित भनि वर्गिकरण गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष, सह निष्काशनमा तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल तथा एनएमबी क्यापिटल रहेको छ । आवेदकले थोरैमा १० कित्ता र धेरैमा ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS