IME Life

१० अंकले बढ्यो नेप्से, जीवन बीमा बाहेक सबै उपसूचकमा हरियाली

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेर २,१२३ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ११८ वटा कम्पनीको शेयर मुल्य बढेबो छ भने ५९ कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा उपसूचक बाहेक सबै बढेका छन् ।

आज दिनभरिमा २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको १२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख रुपैयाँको रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्त वत्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS