दुई लघुवित्तले मागे धेरै संख्यामा कर्मचारी, दरखास्त पेश गर्न ५ दिन बाँकि

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्तले धेरै संख्यामा कर्मचारीको माग गरेका छन् । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडलेले नायव प्रमुख कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रवन्धकमा १ जना, सहायक प्रवन्धकमा १ जना र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतका लागि केहि संख्यामा तथा सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले सो पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात साउन २६ गतेभित्र कम्पनीमा दरखास्त दिनुपर्नेछ ।

त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले उक्त पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने बताएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात साउन २६ गतेभित्र दरखास्त दिनुपर्नेछ । कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार