हिमालयन हाइड्रोपावरको आइपीओ सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ सुचिकृत भएको छ । आज कम्पनीको १ करोड ९ लाख ५० हजार कितात शेयर सुचिकृत भएको हो । कम्पनीको HHL सिम्बोलबाट कारोबार हुने छ ।

शेयर सुचिकृत भएसँगै अब आइतबारबाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७६ रुपैयाँ ३३ पैसादेखि २२८.९९ रुपैयाँसम्मको पोपनिङ रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आइपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार