IME Life
Beema Board

नगद लाभांशको वितरणमा लगाइएको बन्देज हट्यो, विदेशी लगानीका बैंकको लाभांश बढ्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाउनै आएको बन्देजलाई हटाएको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्ने क्रमम लाभांश वितरण सम्बन्धी व्यवस्था नै हटाएको हो ।

गएको वर्ष राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् भन्ने व्यवस्था गरेको थियो । जसमा यस्तो नगद लाभांश इजाजतपत्रपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औषत व्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो ।

Prabhu
Crest

त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशत भन्दा कम भएका बैंकहरुले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो । अव यि सबै व्यवस्था हटाइएको छ ।

कतिपय बैंकहरुले नगद लाभांश वितरण गर्न नपाउदा गएका वर्षमा लाभांशको अनुपात नै घटाएका थिए । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक थिए । अव उनिहरुले नगद लाभांश वितरण गर्न पाउने छन् । राष्ट्र बैंकले कोभिड १९ को समयमा बैंकहरुको पूँजीकोष बलियो बनाउने रणनीतिका साथ बैंकहरुलाई नगद लाभांशमा रोक लगाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS