IME Life
Beema Board

एकल बीमाशुल्कबाट एकै वर्षमा ४ अर्ब भन्दा बढी संकलन, के एकल बीमाशुल्क योजना बीमाको सिद्धान्त अनुरुप छ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमाको सामान्य सिद्धान्त हो,अनिवार्य बचत र आर्थिक सुरक्षा । जीवन बीमाले बीमितलाई न्यून बचतमा ठूलो आर्थिक बचतको प्रत्याभूती गरेको हुन्छ ।

लामो अवधिको जीवन बीमा खरिद गर्दा बीमितले नियमितरुपमा बीमा अवधिभर सीमित रकम बीमाशुल्कवापत भुक्तानी गर्छन् । १५ वर्षे अवधिको लागी १० लाख रुपैयाँ बीमांकको बीमालेखवापत बीमितले वार्षिक ७५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । तर एकल बीमाशुल्कवापत
उच्च बीमाशुल्कः एकल बीमाशुल्कवापत जारी गरिने जीवन बीमालेखको न्यूनत्तम बीमाशुल्क तुलनात्मकरुपमा उच्च हुन्छ । अन्य बीमालेखमा किस्ता किस्तामा बीमितले बीमाशुल्कवापतको रकम जम्मा गर्नुपर्छ । तर एकल बीमाशुल्क अन्तर्गत लामो अवधिको बीमाशुल्क एकै पटकमा बीमा कम्पनीलाई बुझाउनुपर्छ ।

Prabhu
Crest

एकल बीमाशुल्क योजनाका बेफाइदा

अग्रिम भुक्तानीः
जीवन बीमालेख जारी भएकै दिनमा बीमा अवधिभरको बीमाशुल्क एकै पटक भुक्तानी गर्नुपर्ने भएको हुँदा बीमितलाई अनावश्यक आर्थिक दबाब हुन्छ । ५ देखि २५ वर्षसम्मको बीमा गरेपनि बीमा छोटो अवधिमै बीमितको मृत्यु भएमा नियमित बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखको तुलनामा यस्तो बीमालेखमा धेरै बीमाशुल्क तिरिएको अवस्था हुन्छ ।

न्यून प्रतिफलः
नेपालमा जीवन बीमा कम्पनीहरुको औसत प्रतिफल दर(बोनश दरको आधारमा) ६ प्रतिशतको हाराहारी छ । यो प्रतिफल दर बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने मुद्दती निक्षेपको ब्याज दर भन्दा पनि सस्तो हो । त्यसैले एकल बीमाशुल्कवापतको रकम मुद्दती निक्षेपको रुपमा जम्मा गरेर त्यसबाट प्राप्त हुने ब्याज रकमलाई बीमाशुल्क भुक्तानी गर्न प्रयोग गर्नु उचित हुन्छ ।

न्यून समर्पण मूल्यः
एकल बीमाशुल्क अन्तर्गत जारी गरिएको बीमालेखमा बीमितले बीमालेख कर्जा प्राप्त गर्न वा समर्पण गर्न चाहेको अवस्थामा आफूले भुक्तानी गरेको भन्दा ज्यादै न्यून रकम पाइन्छ ।

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।७९ मा एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्रीबाट ४ अर्ब १ करोड २७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंक मातहत रहेको वित्तीय जानकारी इकाईले समेत एकल बीमाशुल्क बीमा योजना मुद्रा निर्मलीकरणको लागी प्रयोग भइरहेको आशंका गर्दै बीमा समितिमार्फत् अनुसन्धान समेत गराएको छ । अवैध श्रोतबाट प्राप्त आम्दानीलाई एकल बीमाशुल्कको माध्यमबाट बीमा गर्न प्रयोग गर्ने र ३ वर्षपछि समर्पण गरेर बीमाबाट भएको आम्दानीको रुपमा देखाएर श्रोत खुलाउनुपर्ने दायीत्वबाट उम्किने प्रयास गरेको पाइएको छ ।

एकल बीमाशुल्क योजना बिक्रीबाट नेपाल लाईफले ६५ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । दोश्रो सर्वाधिक एकल बीमाशुल्क मेट लाईफले संकलन गरेको छ । मेट लाईफले एकल बीमाशुल्कबाट ४५ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै तेश्रो स्थानमा रहेको नेशनल लाईफले ४३ करोड १० लाख रुपैयाँ एकल बीमाशुल्क गत आर्थिक वर्षमा आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS