IME Life
Beema Board

मर्जरको सहमति गरेका कम्पनीसँग बीमा समितिले माग्यो प्रगति विवरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका बीमा कम्पनीहरु सँग बीमा समितिले प्रगति विवरण माग गरेको छ । समितिले सम्पुर्ण कम्पनीहरुलाई मर्जरका लागि के के काम भइरहेको छ भन्दै ताकेता गरेको हो । असार मासान्तसम्ममा १९ वटा बीमा कम्पनीले मर्जरको सहमति गरेकोमा साउन एक गते हिमलायन र एभरेष्ट विचमा मर्जर सफल भइसकेको छ । अव बाँकी १७ वटा कम्पनीहरुलाई बीमा समितिले मर्जरका लागि के के काम भइरहेको छ भन्दै मौखिक र लिखित रुपमा जानकारी माग गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले सैद्धान्तिक सहमति प्रादन गरेका बीमा कम्पनीहरुलाई समितिले डिडिए गर्न र चाढो भन्दा चाढो आवस्यक प्रकृयाँ पुरा गर्न निर्देशन दिएको छ । मर्जरका क्रममा देखापर्ने कतिपय समस्याका गाठाहरुलाई फुकाउन समिति तयार रहेको भन्दै अध्यक्ष सिलवालले बताउदै आएका छन् ।

Prabhu
Crest

समितिले चैत मसान्तसम्ममा पनि मर्जरको सहमति नगर्ने बीमा कम्पनीहरुलाई फोर्स मर्जर गराउने रणनीति बनाएको छ । कर छुटको सुविधा दिदै बीमा समितिले गत असार मसान्तसम्म सबै कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गरेको थियो । यस क्रममा १९ कम्पनीले मर्जरका लागि सहमति समेत गरेका थिए ।

असम्भव भन्ने कुरा केहि पनि नभएको भन्दै बीमा समितिले चाहेमा सबै कुरा सम्भव हुने अध्यक्ष सिलवालको धारणा छ । जीवन बीमा तर्फ सबैभन्दा पहिला मर्जरको सहमति गरेका युनियन, प्राइम र गुराँस लाइफले अहिलेसम्म पनि खासै ठोस काम गर्न सकेका छैनन् । समितिले गुराँस लाइफको एक्चुरी मूल्याङ्कनका लागि सहजिकरण गरिदिएको छ । अव तीन वटै कम्पनी एकै पटक मर्जरका लागि डिडिए गर्न योग्य भएका छन् । तीन वटै कम्पनीले अहिले डिडिए गरिरहेको बीमा समितिले जनाएको छ । उनिहरुले अवको केहि समयमा साधारणसभा आह्वान गर्ने छन् ।

निर्जीवन बीमा कम्पनीहरुमा मर्जरका लागि त्यति धेरै ठुलो समस्या देखिदैन । तर जीवन तर्फ भने पोलिसीदर तथा जीवन बीमा कोषका कारण केहि गाह्रो मानिन्छ । समितिले मर्जर पछि पनि जुन कम्पनीले हिजोका दिनम जुन पोलिसी बिक्री गरेका त्यहि त्यहि पोलिसीको छुट्टा छुट्टै हिसाव राखेर अगाडी बढ्न निर्देशन दिएको छ । यसो गर्दा धेरै ठुलो समस्या पर्ने छैन ।

बीमा समितिले फोर्स मर्जर गराउदा अधिकाम्स बीमा कम्पनीहरुले सहमति जनाएका छन् । अहिलेको पूँजी नै कतिपय कम्पनीमा ओभर क्यापिटलाइज भइरहेको छ । यदि बीमा समितिले तोकेको पूँजी अहिलेकै अवस्थामा हकप्रद मार्फत जुटाउने हो भने बीमा कम्पनीहरुले अवको १० वर्षसम्म पनि लाभांश दिन सक्दैनन् । तर मर्जर बाट पूँजी जुटाउने हो भने बीमा कम्पनीहरुले अर्को वर्ष नै लाभांश दिन सक्नेछन् ।

अर्को तर्फ बीमा कम्पनीका सञ्चालक तथा ठुला लगानीकर्ताको ध्यान बीमा कम्पनीसँगको बीमा कोष नै हो । नेपालमा बैंक बीमा र उद्योग तीन वटै क्षेत्रमा एकै खालका व्यवसायी छन् । बैंकमा लगानी हुनेको बीमामा र बीमामा हुनेको उत्पादन तथा प्रशोधनमुलक कम्पनीमा लगानी छ । त्यसैले गर्दा बीमा कम्पनीको पूँजी र कोषलाई बैंक मार्फत प्रयोग गर्न यस्ता लगानीकर्ताले अधिकतम प्रयोग गर्ने गरेका छन् । यस्तो गर्दा कतिपय अवस्थामा आफुले चाहेको समयमा बैंकको व्याजदर बढाउने त कहिले घटाउने हैसित राख्छन् । यस्तो अभ्यासबाटै उनिहरुले राम्रो पैसा कमाउछन् ।

नेपालमा बीमा कम्पनीको संख्या धेरै भएकोमा कसैको पनि विपति छैन । मनलाग्दी लाइसेन्स बाड्ने बीमा समिति र नेपाल सरकार पनि यसमा सहमत छन् । त्यसैले गर्दा पनि सरकारले बीमाको संख्या घटाउने नीति लिएको छ । तर यस्तो नीतिले संख्या घटाएर केहि वर्ष पछि फेरी कम्पनीको संख्या बढाउने रणनीनि पनि हुन सक्ने कतिपय ठुला लगानीकर्ताकै यहि संका छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफु बीमा समितिको अध्यक्ष रहुनजेल बीमा कम्पनीको लाइसेन्स वितरण नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । समितिका अध्यक्ष सिलवालले मर्जरको सहमति भाड्ने बीमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS