IME Life
Beema Board

बढ्दो ब्याजले आम्दानी बढ्दा, घट्दो शेयर बजारले बीमा कम्पनीको नाफामा कस्तो असर पार्ला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरू निक्षेप आकर्षित गर्न उच्च ब्याज दर घोषणा गर्दा बीमा कम्पनीहरू प्रत्यक्षरूपमा लाभान्वित हुन पुगेका छन् ।

बढ्दो ब्याजदरको सकारात्मक प्रभाव निर्जीवन, जीवन तथा पूनर्बीमा कम्पनीहरूको असार मसान्तको वित्तीय विवरणमा देखा पर्नेछ । तेश्रो त्रैमासमा अण्डरराइटिंग नोक्सानीबाट गुज्रिरहेको हिमालयन रिइन्स्योरेन्स जस्तो शुरूवाती चरणमा रहेको बीमा कम्पनीको लागी ब्याज आम्दानीमा वृध्दिले ठूलै टेको दिनेछ ।

Prabhu
Crest

तरलता अभावका कारण बढ्दो ब्याज दरको प्रत्यक्ष लाभ लिइरहेका बीमा कम्पनीहरूको लागी दोश्रो बजारमा शेयर मूल्यमा आएको गिरावट चाहिं टाउको दुःखाइ बनेको छ । खरिद मूल्यभन्दा कारोबार मूल्य न्यून भएकाले वित्तीय विवरणमा नोक्सानीवापत व्यवस्था गर्नुपर्ने दबाबका कारण बीमा क्षेत्रमा तनावको अवस्था पनि छ ।

उच्च संचालन खर्च भएका यूनियन लाइफ इन्स्योरेन्स जस्तो कम्पनीको लागी यसपटक ब्याज आम्दानीबाट मात्र नाफाको जोहो गर्न कठिन हुनेछ । शेयर बजारमा गरिएको लगानीबाट प्राप्त प्रतिफलबाट वित्तीय विवरणमा नाफा देखाएको कम्पनीको लागी यसपटक नोक्सानी व्यवस्था गर्नुपर्ने बाध्यताले नाफामा असर पार्ने छ । गत चैत्र मसान्तमा यूनियन लाइफ इन्स्योरेन्सको नाफा जम्मा २ करोड ७२ लाख रूपैयाँ रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको पनि तेश्रो त्रैमासमा घाटामा थियो । शेयर बजारमा सुधार नआएकाले जोखिम व्यवस्थालाइ निरन्तरता दिनुपर्नेछ । गत चैत्र मसान्तसम्ममा आव २०७८।७९ मा नेपाल लाइफले १९ करोड ४५ लाख रुपैयाँ नोक्सानी व्योहोर्नु परेको छ । नोक्सानीको लागि ५२ करोड ८२ लाख ९४ हजार रुपैयाँ व्यवस्था गर्नुपर्दा नाफामा असर परेको हो ।

बीमा उद्योग मात्र नभएर ठूलो परिमाणमा नगद कोषहरू भएका संस्था सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, सैनिक कल्याणकारी कोष, नेपाल प्रहरी र सशस्त्र प्रहरी कल्याण कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष र केही मात्रामा स्वास्थ्य बीमा बोर्ड पनि लाभान्वित हुने संस्थाको सूचीमा समावेश छन् ।

बीमा समितले प्रकाशन गरेको तेश्रो त्रैमाससम्मको लगानी सम्बन्धी तथ्यांक अनुसार बीमा क्षेत्रबाट जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीले क,ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३ खर्ब ८० अर्ब १० करोड २७ लाख रूपैयाँ लगानी गरेका छन् । तुलनात्मकरूपमा सुरक्षित र स्थिर प्रतिफल दरका कारण कूल लगानीको झण्डै ८० प्रतिशत मुद्दती निक्षेपमा केन्द्रित हुने गरेको छ ।

ब्याज दर वृध्दिका कारण गत वर्ष कोरोना महामारीको समयमा निक्षेपको ब्याज दरमा आएको गिरावटबाट भएको नोक्सानीलाई पूर्ती गर्न सघाउने छ । केही जीवन बीमा कम्पनीले वाणिज्य बैंकबीच प्रतिस्पर्धा तीब्र भएर ब्याज दर १२ प्रतिशतभन्दा भन्दा पुगेको अवसर छोप्दै ५ देखि २० वर्षे अवधिको मुद्दती निक्षेपमा बीमा कोषको केही अंश लगानी गरेका छन् ।

बढ्दो ब्याज दरको प्रभावः
१) न्यून ब्याजदरको समयमा बीमा कम्पनीहरूको खुम्चिएको ब्याज आम्दानीको दबाबलाई कम गर्नेछ ।
२) बीमा क्षेत्रको लगानीबाट प्राप्त प्रतिफल बढाउनेछ ।
३) बढ्दो नाफासँगै वित्तीय दायीत्व घटाउनेछ ।

यद्यपि ब्याजदर वृद्धिले उत्पादन लागत उच्च हुँदा महँगीको असरले सर्वसाधारणको बचत क्षमतामा समेत गिरावट आउने भएकाले प्रत्यक्षरुपमा बीमा क्षेत्रमा यसको चक्रिय प्रभाव क्रमशः देखा पर्दै जानेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS