IME Life
Beema Board

कर्जा धान्ने गरी बीमा अनिवार्य, निर्जीवन बीमकको कमाई बढ्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जाको साँवा र ब्याजको भार धान्ने गरी बीमा गर्नुपर्ने प्रावधान ल्याएको छ । आर्थिक वर्ष २०७९।८० को लागी मौद्रिक नीति सार्वजनिक गर्दै बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो प्रावधानको घोषणा गरेका हुन् ।

मौद्रिक नीतिमा सुरक्षणवापत धितो बन्धकी राखिएको सम्पत्तिको बीमा गर्दा बैंक वित्तीय संस्थाले लगानी गरेको कर्जाको सम्पूर्ण वित्तीय जोखिम बहन गर्न पर्याप्त हुने गरी बीमांक कायम गर्नुपर्ने घोषणा व्यवस्था गरिएको हो । धितो सुरक्षण लिएर कुनै पनि कर्जा प्रवाह गर्दा अनिवार्यरुपमा बीमा गर्नुपर्ने प्रावधान छ । तर कर्जावापतको सम्पूर्ण रकमको जोखिम बहन हुने गरी नगरी बैंक तथा वित्तीय संस्थाले ठूला ऋणीहरुको अनुरोधमा कर्जा रकमभन्दा थोरै मूल्य बीमांक कायम गरेर बीमा गर्दै आएका थिए ।

Prabhu
Crest

यो नीतिका कारण अब निर्जीवन बीमकहरुको सम्पत्ति बीमावापतको आम्दानीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS